त्यो दिनको सुनौलो विहानीको आगमन सँगै तिमी
हाम्रो वगैचामा सुन्दर फूल सरी आयौ तिमी ।
कुन आकाश गंगा कुन विश्व कुन देशबाट आयौ
यो माया र ममताको डोरीमा धागो सरी मिल्न आयौ ।
तिम्रो सधै रहोस् खुशी र स्वस्थ तनमन
ईश्वरको दृष्टि सधे परिरहे मुहार रहोस् कन्चन ।
जिन्दगीका मोडहरुमा आएका अप्ठयारो सँगै
जुध्न सक भिड्न सक आवोस उर्जा सँगसगै ।
यसस्वी हुनु तेज अघि बढ्दै जानु तिमी
प्रथम जन्मदिनको हार्दिक शुभकामना, हुनु दिर्घजीवी तिमी ।
कमल खनाल
२०७०, जेठ १२, काठमाडौं
No comments:
Post a Comment