Tuesday, May 14, 2013

चाहना

चाहना र इच्छा पनि मनमा धेरै थिए
पुरा गर्ने आकांक्षा संगै थियो
नजानिदो जिन्दगाी यो धमिलो भइरह्यो
के हो के हो जीवन यो अधुरो रहिरह्यो ।


तिम्रा पनि चाहना धेरै थिए होलान्
मनका पिडा बेदनाहरु मेटेर अघि बढ्ने रहरहरु थ्एि होला
राजसी रहर र फूल सरी हाँस्न मन थियो होला
तर दुर्भाग्य र असिमित दुखका खडेरीहरुले तिमीलाई गाँजी रह्यो भाँजी रह्यो ।



यस्तो परिवेश नहोस् मेरो पनि भावना यही थियो
तर प्रेयसी तिमी कुन धारमा वगिरह्यौ मैले भेट्नै सकिन
तिमीलाइ कसरी पारी तार्ने मैले मेसो देख्नै सकिन
तिमी एउटा यात्री रहेछौ न म मिल्न नै सके न बुझ्न नै सकें ।



जीवनको प्रबाहमा मैले तिम्रो सफलता नै चाहें तर तिमीले त्यो बुझ्न सकिनौं
तिम्रो अस्तित्वका लागि गरेका वलिदानलाई जान्न सकिनौं
तिम्रा लागि धेरै मोडहरुमा मैले सायद धेरै गल्तिहरु गरेको छु
हे मन ! यो सबै तिम्रो शुमकामनाकै खातिर गरेको छु ।

कमल खनाल
बैशाख ३०, २०६९, काठमाडौं

No comments: